लुम्बिनीमा मुख्यमन्त्री महरा र तीन विना विभागीय मन्त्रीद्वारा शपथ

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज दिउँसो बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराउनुभएको छ ।

नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीको शपथ हुने भएको छ।

एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर बिना विभागीय मन्त्री बन्नुभएको हो। मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।