images
images

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो मागका विषयमा पछि नहट्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नु पर्ने पार्टीको मागबाट पछी नहट्ने निर्णय गरेको हो ।

सभापति शेरवहादुर देउवा निवासमा बसेको वर्तमान तथा पूर्व पदाधिकारीको बैठकले संसदीय छानवीन समित गठनको मागलाई पार्टीको ‘बटमलाइन’ बनाउने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

संसदीय छानबिन समितिको मोडालिटीमा छलफल गर्न सकिने तर सत्तापक्षले भनेजस्तो समिति बनाउनै नहुने जवाफलाई प्रतिवाद गर्ने थापाको भनाई छ । संसदीय छानबिन समितिका विषयमा पार्टी एकमत रहेको थापाले बताए । कांग्रेसको मागका विषयमा सभामुख देवराज घिमिरेले पनि आजै मुख्य दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।