images
images

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

काठमाडौँ – जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ।

सोमबार बिहान काठमाडौँदेखि बर्दिया जाँदै गर्दा धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिरमा दुर्घटना भएको हो।

गाडीमा पूर्वमन्त्री खानसहित उनका सचिवालयका ४ जना सवार थिए। प्रहरीका अनुसार अर्को गाडीलाई जोगाउन खोज्दा खान सवार गाडी दुर्घटना भएको थियो।

घाइतेको मलेखुमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको धादिङ प्रहरीले जानकारी दिएको छ।

संसदको उद्योग समितिका सभापतिसमेत रहेका खानको हातमा चोट लागेको छ।