सक्षम शाहि
वैदेशिक रोजगारको परिचयः
नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा रोजगारीका लागि ८,०८,४१५ जनाले नेपाल छोडेर विदेशिएका छन् । आर्थिक सर्वेक्षण अनुसार नेपालमा विप्रेषण आप्रवाह २०२२-२३ मा २१.२ प्रतिशतले बढेर कुल ने. रु. १२२०.२६ बिलियन पुगेको थियो। यसले नेपालको कुल ग्राहस्थ उत्पादनको २२.७% जम्मा गर्छ। यसैले नै गर्दा हाम्रो देशको अर्थतन्त्र चलायमान भएको तत्थ जगजाहेर नै छ। “रेमिट्यान्स” भित्रने प्रमूख स्रोत नै वैदेशिक रोजगार हो। तसर्थ वैदेशिक रोजगार भन्नाले अन्य देशमा रोगजार वा श्रम गरि आय आर्जन हुने काम भनेर बुझन सकिन्छ। वैदेशिक रोजगार अन्तर्गत शारिरीक तथा मानसिक दुवै किसिमको रोजगारी पर्दछन्। देशमा रोजगारको अवसर नभएको र भएपनि पर्याप्त आर्जन नहुने भएकाले धेरैजसो युवाहरु वैदेशिक रोजगारबाट आकर्षित भएको देखिन्छ। वैदेशिक रोजगारीमा जाने कामदारहरु दक्ष, सीपयुक्त भए राम्रो कामको अवसर पाउनुको साथसाथै उच्च तलब तथा अन्य सुविधा समेत पाउने सम्भावना तुलनात्मक रुपमा बढी रहन्छ।वैदेशिक रोजगार ऐन २०६४को परिभाषा अनुसार विदेशमा कामदारले पाउने रोजगारलाई वैदेशिक रोजगार भनिन्छ। नेपालबाट अरु राष्ट्रहरुमा श्रम गर्न जान हरेक श्रमिकले सरकारबाट श्रम स्वकृति लिई आवश्यक कागज पेश गरी जानपाउने प्रावधान छ। नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२को अनुसार वैदेशिक रोजगारका लागि सन् २०२०र२०२१ मा ६ लाख ३० हजार भन्दा बढि व्यक्तिहरुले श्रम स्वकृति लिएको पाईएको छ।
सुरक्षित वैदेशिक रोजगारको आवश्यकताः
वैदेशिक रोजगारमा धेरै अवसरहरु भएतापनि यसको धेरै नकरात्मक पक्षहरु पनि छन।धेरै नेपालीहरु रहरले भन्दा पनि बाध्यताले बिदेशिनु पर्ने अवस्था छ।कतिपय वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुको पासपोर्ट खोसिदिने, भने जति तलब र सुविधा नदिने, अत्याधिक समय काम लगाउने, हिसां तथा मानवबेचविखनको सिकार हुने, अङ्गभङ्ग हुने, यौन शोषण हुने जस्ता समस्याहरुले गर्दा वैदेशिक रोजगार धेरै नेपालीहरुको लागि चुनौतिपुर्ण विषय बन्न पुगेको छ। नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२को प्रतिवेदनले सन् २०२०र२०२१ मा १३९५ नेपाली श्रमिकहरुको विभिन्न देशहरुमा मृत्यु भएको देखाएको छ। यो तथ्याङ्कले वैदेशिक रोजगारको सुरक्षा तर्फ बडि जोड दिन ध्यानाकर्षण गरेको छ। सुरक्षित वैदेशिक रोजगारीको सन्दर्भमा नेपालमा वैदेशिक रोजगार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको क्षेत्राधिकार भित्र पर्दछ भने यो सम्बन्धि वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ प्रचलित कानुनको रुपमा रहेका छ। मुलतः वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने र श्रमिकको हितको संरक्षणमा वैदेशिक रोजगार विभागले पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अन्तर्गत वि।सं। द्दण्द्दठ साल देखि काम गरिरहेको छ। विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजतपत्र प्रदान, नविकरण, कारवाही तथा संस्था खारेज गर्ने देखि जनचेतनामूलक सूचना प्रवाह गरि संभावित गन्तव्यको पहिचान गर्ने सम्मका कार्यहरु गर्दै आएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशकको हालैको सूचना अनुसार द्दण्डण्रण्द्दरण्द्ध देखि आज सम्म क्षतिपूर्ति वापत संस्थागत उजुरी तर्फ पिडितले भुक्तानी पाएको रकम रु। २,००,९२,६१३र( रहेको छ भने मिलापत्र पश्चात व्यक्तिगत उजुरी तर्फ पिडितले भुक्तानी पाएको रकम रु। २,१४,९६,१००र( छ। यो सँगै नेपालमा छुटै वैदेशिक रोजगार न्यायाधिकरणको व्यवस्था समेत छ। यस न्यायाधीकरणमा निम्न प्रकृतिका कसुरहरुको सुनुवाई हुने गर्दछः
इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा
इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार बिदेश पठाएमा
नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा
सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा
लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा
इजाजत पत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएमा
यसका साथै वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको हकहित र सुरक्षाको लागि वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार ऐन २०६४को दफा ३८ र ४१ बमोजिम स्थापना भएको वैदेशिक रोजगार बोर्ड र सचिवालयले मुख्य भुमिका खेलेको पाइन्छ। नेपालमा, श्रमको सीपयुक्त, मर्यादित, र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, जनशक्तिको विकासका लागि आवश्यक सीप, रोजगारी सेरुबारे, र श्रमको क्षेत्रमा सामाजिक सुरक्षा, व्यापारिक स्वास्थ्य, र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण, र अन्य सम्बन्धित क्षेत्रमा कार्यहरू भने मन्त्रालयले गर्दै आएको छ। विदेशी रोजगारीलाई सुरक्षित, मर्यादित, र योजनाबद्ध बनाउनका लागि तथा विदेशी रोजगारबाट आएको सीप, प्रविधि, र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नका लागि पनि मन्त्रालयले जिम्मेवारी लिएको छ।यसका साथै स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्दै संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई सुनिश्चित गर्ने लक्ष्य बोकेको छ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डबाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ। बोर्डबाट कार्यहरु संचालन गर्नका लागि कल्याणकारी कोषकोपनि व्यवस्था गरिएको छ जसमा कानूनबाट तोके बमोजिम वैदेशिक राजगारमा जानेहरुले रकम जम्मा गर्दै आएका छन् र त्यो रकम वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकको मृत्यु भएमा तथा मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जस्ता हितकारी कार्यहरुमा प्रयोग हुँदै आएको छ।
सुरक्षित वैदेशिक रोजगारीमा श्रमिकको दायित्वः
‘एक हातले ताली बज्दैन‘ भने झैँ सरकारी संयन्त्रहरु एक्लैले मात्र सुरक्षित वैदेशिक रोजगारीताको सुनिश्चितता गर्न सक्दैनन्। कुनै पनि व्यक्तिले आफू वैदेशिक रोजगारीमा जाँदै गर्दा विभिन्न महत्वपूर्ण कुराहरुको ध्यान राख्न जरुरी छ।यसले श्रमिकको हक हितको उल्लङ्घन हुने सम्भावना धेरै प्रतिशतले घटाउँछ।हरेक व्यक्तिले वैदेशिक रोजगारीमा जाँदै गर्दा कुन काममा जाने, सोको लागि खर्च कति लाग्छ, काम गरेबापत तलब, ओभरटाइम काम भत्ता, कम्पनीमा काम गर्ने पद इत्यादि विवरणको सम्झौंतापत्रमा सहि गरेपश्चात सो को १ प्रति आफूसँग राख्न अत्यन्त महत्वपूर्ण छ।यसैगरी वैदेशिक रोजगारमा जाँदा वैदेशिक रोजगार विभाग बाट इजाजतप्राप्त संस्था बाट मात्र जानु पर्छ र बिचौलिया, दलाल, एजेन्टहरु जस्ता गैर इजाजत संस्थाहरुलाई पैसा र पासपोर्ट दिई ठगिन बाट बच्नु पर्छ।यसै गरी वैदेशीक रोजगारमा जाने निश्वित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम भुक्तान गरी सोको भरपाई अनिवार्य रुपमा लिदा कानुनी रुपमा पिडीतले ठगिको मुद्दा गर्दा धेरै सहयोग पुराउनेछ। मूख्य रुपमा राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ । कारणवस् विदेशबाट समयमा फर्कनु परेमा, वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गर्नु पर्छ।यी सबै प्रमुख कार्य बाहेक श्रम स्वीकृति नलिई कोहि पनि वैदेशिक रोजगारीमा जानु हुँदैन।
हरेक व्यक्ति वैदेशिक रोजगारीमा जाँदै गर्दा उसमा माथि उल्लेखित सबै कुराहरुको जानकारी नहुन पनि सक्छ। नेपालमा शैक्षिक पूर्वाधारहरु अझै बलियो बनाउनु पर्ने र साक्षरताको सुचाङ्कमा थप सुधार आवश्यक परिरहेको बेला हरेक व्यक्तिलाई पूर्ण रुपमा वैदेशिक रोजगारीको क्रममा हुने ठगी र अपराधको चेतना हुँदैन। फलतः मानव बेच(विखन तथा महिलाहरुको यौन शोषण जस्ता जगन्य अपराधका घटनाहरु पनि उजागर हुँदै आउँछन्। यो विकृतिलाई रोक्न विषेश गरी दुर्गम जिल्लाहरुमा जनचेतना मूलक कार्यक्रम गर्न जरुरी छ। अछाम, डोटी, जुम्ला, डडेलधुरा देखि साक्षरताको हिसाबले कमजोर मधेश प्रदेशमा केन्द्रित भएर सिप(मूलक तथा जनचेतना मूलक कार्यक्रमहरु गर्न अत्यावश्यक देखिन्छ।यो प्रक्रियालाई थप क्रियाशील बनाउन विभिन्न सञ्चार माध्यमहरुबाट जनचेतना मूलक प्रचार(प्रसार गर्न उत्तिकै जरुरी छ। यसको लागि सरकारले निजि क्षेत्रसँग पनि सहकार्य गर्दा अझ राम्रो हुने देखिन्छ।तसर्थ आम नेपाली श्रमिक तथा वैदेशिक रोजगारीको अवसरमा विभिन्न देश गई रोजगार गर्ने दाजु(भाइ तथा दिदी(बहिनी आफै सुसोचित हुनु पनि जिम्मेवार नेपालीको भूमिका निरवाह गर्नु सरह हो। यसले अन्तयमा सरकारी संयन्त्रको समय र अन्य महत्वपूर्ण कारकहरुको बचत पनि गर्दछ।
निष्कर्षः
वैदेशिक रोजगारीमा बाहिरिने र भित्रने एउटा विकसित देशमा पनि भई रहने प्रक्रिया हो।हाम्रो देश नेपाल आर्थिक रुपमा कमजोर र जीर्ण भएकै कारण लाखौँ युवाले बेरोजगारीको भुमरीमा परी वैदेशिक रोजगारी अन्तिम उपायको रुपमा अपनाउँदै आएका छन् र यो क्रमबद्द हिसाबले हरेक वर्ष बढिरहेको छ।यस प्रक्रियालाई पूर्ण रुपले रोक्न खोज्नु आफैमा नकारात्मक हुनु हो। वैदेशिक रोजगारीले प्रदान गर्ने सीप, कला र आर्थिक सहायता अधिकांश रुपले लाभदायक नभए पनि प्रशंसनिय छ। यसले हाम्रो देशमा पनि नयाँ कला, सिप र विचारको सहज हस्तान्तरण गर्न मद्दत गर्दछ। तर यसका साथै वैदेशिक रोजगारीको बढ्दो आकर्षणले हाम्रो देशमा राम्रो र क्रियाशील युवा जनशक्तिको खाँचो भएको महसुस भईरहेको तथ्य हामी सबैमाझ अवगत नै छ। यसको प्रमुख कारण देशमा रोजगारीको अवसर नपाउनु र आर्थिक तथा राजनितिक वितृष्णा बढ्दै जानु पनि हो। तसर्थ हामी सबैले हाम्रो नेतृत्व छान्ने क्रममा एक जिम्मेवार नागरिकको हैसियतले राम्रो र असल व्यक्तिलाई अगाडि सारि वर्तमान परिस्थितिमा बढ्दो वैदेशिक रोजगारको मोह तुलनात्मक रुपले घटाई देशमा नै पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न आवश्यक देखिन्छ।
[लेखक हाल वैदेशिक रोजगार बोर्डको सचिवालयमा कानुनी प्रशिक्षार्थीको रूपमा कार्यरत हुनुहुन्छ]