प्रतिनिधिसभा बैठकमा कांग्रेसकाे अवराेध

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेको हो।

कांग्रेसको अवरोध हुनासाथ सत्तारूढ दलका सांसदहरू पनि उभिएका छन्।

बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि नबढाउन आग्रह गरेकी थिइन्।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आज बिहान बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले अवरोध गरेको हो।

सबै दलहरू आ-आफ्ना अडानमा टसमस नभएपछि सहमति जुट्न नसकेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापालगायतका नेताहरू थिए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन अडान राखिराख्दा एमाले, रास्वपा, माओवादी केन्द्र छानबिन समिति बनाउन नसकिने अडानमा रहेका थिए।