राप्रपाको प्रदर्शनका क्रममा झडप

काठमाडौं व्यवस्था परिवर्तनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० र ‍सुरक्षामा खटिएका प्रहरीबिच झडप भएको छ ।

मंगबार प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबिच ढुङ्गामुढा तथा लाठिचार्ज भएको हो ।

सिंहदरबारतर्फ बढिरहेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो । प्रहरीले लाठिचार्जसँगै प्रदर्शनकारीमाथि पानीको फोहोरासमेत हानेको छ ।

उक्त प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पार्नका लागि चार हजार प्रहरी तैनाथ छन् ।