गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता चिरञ्जीवी शर्मा पौडेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको पुष्टि गरे। ‘मुख्यमन्त्रीको  नियुक्ति बदर गर्नुपर्ने मागसहित रिट दायर गरेका छौं। अहिले पेसीको लागि छलफल भइरहेको छ। भोलि नै पेसी तोक्नुपर्छ भनेका हौं,’ उनले भने।