लोसपा पनि उभियो संसदीय छानविन समिति गठन गर्ने पक्षमा, तुरुन्त गठन गर्न सांसद रामप्रकाश चौधरीको माग

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएको भन्दै तुरुन्त संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।

उनले २०७५ सालमा गोरे भन्ने व्यक्तिको नेतृत्वमा भएको ३८ किलो सुन तस्करी प्रकरणको छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। त्यस्तै भेपमा सुन तस्करी प्रकरणमा छानविन समितिले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सो प्रतिवेदन पनि तुरुन्त सार्वजनिक गर्न माग गरे।

उनले संसदीय छानविन गरिराख्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने भए समिति बनाउनुको कुनै महत्व नभएको बताए। उनले आफूहरु पनि २०४७ सालपछिको सबै भ्रष्टाचार काण्डहरुको फाइल खोल्ने पक्षमा रहेको बताए।