images
images

सरकारले कांग्रेसले मागेजस्तै छानविन समिति बनाउनुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं नेकपा एकीकृत समाजवादी०का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पाण्डेले सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका हुन्।

उनले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेकपा ९एकीकृत समाजवादी० पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानविन गर्ने पक्षमा रहेको पनि बताए।

उनले भने, ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगी प्रकरणका सम्बन्धमा छानविनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ। प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु। सहकारी ठगिको छानविन र भ्रष्टाचारको छानविन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानविन गर्ने कुरो पनि आयो । नेकपा९एकीकृत समाजवादी० पार्टीको तर्फबाट म के भन्न चाहान्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानविनको काम गरौँ।ु

सांसद पाण्डेले दोषीलाई उम्काउनेगरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने बताए।