बेरोजगार युवतीलाई डकर्मी तालिम

सिमकोट – बेरोजगार युवतीलाई डकर्मी तालिम प्रदान गरिएको छ। न्यून आयश्रोत भएका उनीहरूलाई स्वरोजगारी सृजना गर्न उक्त तालिम प्रदान गरिएको हो।

खार्पुनाथ गाउँपालिकामा लागू भएको शुसा परियोजनका फिल्ड संयोजक देबजंग हमालले बेरोजगार युवतीलाई स्वरोजगारी सृजना गर्न डकर्मी तालिम प्रदान गरिएको बताए। तालिमका क्रममा गाह्रो लगाउन र सिमेन्टको काम गर्न सिकाइ तालिमका सहभागीहरूलाई दक्ष डकर्मी तयार पार्ने कार्य भएको हो।

गाउँपालिकाभित्रका बेरोजगार र न्यून आयश्रोत भएका आठ जना युवा युवतीलाई दक्ष मिस्त्रीद्वारा एक हप्ता डकर्मी तालिम प्रदान गरिएको हो।

तालिममा दैनिक अभ्यास समेत गरिएको थियो। तालिमबाट बेरोजगारलाई दक्ष कामदार बनाउने कार्य भएको छ। परियोजनाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएका चार वटा योजनाको डकर्मीको काममा प्रयोग गरिने छ।

यसबाट तालिम प्राप्त आठै जना डकर्मीहरूले तत्काल रोजगारी पाउने ग्यारेन्टी समेत गरिएको छ। तालिम प्राप्त नयाँ डकर्मीमध्ये दुई जना महिला जनालाई खानेपानीको धारा निर्माणमा खटाईएको छ। परियोजनाबाट डकर्मीका लागि आवश्यक पर्ने सामग्रीसमेत प्रदान गरिएको छ।