पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिरेर मनकामना केबलकार सम्मानित

काठमाडौं- पर्यटन क्षेत्रबाट आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिरेर मनकामना केबलकार सम्मानित भएको छ।

नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभाको अवसरमा नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनीका रूपमा चिनिने मनकामना दर्शन प्राली पर्यटन क्षेत्रबाट आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको हो।

साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनकामना दर्शन प्रालीकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन्।

यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ।