लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले पाए विश्वासको मत

काठमाडौं– लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा महराले ४८ सांसदको मत पाएका हुन् ।

उनलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ जनाले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री महराको विश्वासको मतको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए ।