images
images

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय भएको हो।