images
images

२८ वर्षीय सुजनले दोस्रो पटक छेडे जिब्रो

काठमाडौँ – भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ।

यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास पाइन्छ।

मध्यपुर ठिमी– २ मा रहेको गणेशको मन्दिरअगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ।

जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्।