images
images

राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न मिल्दैन – अध्यक्ष ओली

८ वैशाख काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित गरी उक्त टिप्पणी गरेका हुन् ।

उनले सत्ता गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । तर, अरुले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने उनले बताए ।