कतारी नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेल नै विमानस्थल जाने

दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुनेछन्।  उनको भ्रमण तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका नरेशले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम छ। उनी बुधबार बेलुका कतार फर्कने छन् । काठमाडौँ आउनुअघि ४३ वर्षीय कतारी नरेशले फिलिपिन्स र बंगलादेशको भ्रमण गर्ने कार्यक्रम छ।