images
images

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रि संग भेट

सिउल, कोरिया। मित्र राष्ट्र गणतन्त्र कोरियाको भ्रमणमा रहेका सांसद तथा पूर्व मन्त्रि एकनाथ ढकालले कोरियाका युनिफिकेसन मन्त्रालयका मन्त्रि किम युंग-हो संग छलफल गरेका छन्। दक्षिण कोरियाको अन्तराष्ट्रिय पत्रिका सेगे इल्बोद्वारा सिउलमा आयोजित “कोरिया पिस फोरम” को कार्यक्रममा सहभागी हुन कोरिया पुगेका ढकालले मन्त्रि किम युंग-हो संगको भेटमा प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को हुन गैरहेको कोरियाको भ्रमणलाइ उपलब्धि मुलक बनाउने बिषयमा कुराकानी भएको बताईएको छ। सांसद ढकालले धेरै लामो अन्तराल पछि हुन गैरहेको उच्चस्तरिय भ्रमणले दुइ मित्र राष्ट्र बिचको आपसी सम्बन्ध थप घनिष्ट हुनुका साथै सहकार्यको नयाँ सम्भावनाहरुका ढोका खुल्ने बिश्वाश नेपालले लिएको बताउनु भयो । भेटमा मन्त्रि किमले नेपालको प्रधानमन्त्रीलाइ स्वागत गर्न कोरिया खुसिका साथ तयार रहेको बताउदै नेपालको उत्तर कोरिया संगको सम्बन्धको बारेमा पनि सांसद ढकाल संग चासो ब्यक्त गरेका थिए।

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको निमन्त्रणामा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ कोरियाको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।