काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आफूविरुद्ध प्रमाण देखाउन चुनौती दिएका छन् ।
रास्वपाका सभापति समेत रहेका लामिछानेले इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सरकारमा हुँदा आफूविरुद्ध छानबिन गरे पनि नसकेर मिडिया चलाएको दाबी गरेका हुन् ।
जनताले आशा र अपेक्षा गरेर आफूहरूलाई पार्टीलाई पठाएको बताए ।
उनले थपे, ‘लागेका आरोप लागिरहन्छन् तर जनताको मुद्दा बोकेर हिँडेका आफ्नो मुद्दामा धेरै चिन्ता लिनुपर्दैन जोगाउने जनता छन् । जनताले चाहे भने अगाडि बढाउँछन् । त्यसैले मिलनजी धेरै चिन्ता नगर्नुस् नलखेटेको भए म धेरै भए वडाध्यक्ष हुन्थे होला । धेरै लखेटेर यहाँ पुगेको छु । अब किन नलखेट भन्ने हेर्नुस् त लखेट्दाको फाइदा, लखेट्दा देशको उपप्रधान तथा गृहमन्त्री बनाइदिएका छन् । त्यसैले कृपया लखेट्ने कामलाई निरन्तरता दिनुहोला ।’