images
images

नेपालसँग ५ टी–२० का लागि वेस्ट इन्डिज टोली काठमाडौँ आइपुग्यो

नेपालसँग ५ टी–२० खेलका लागि वेस्ट इन्डिजको टोली काठमाडौँ आइपुगेको छ। वैशाख १५ बाट सुरु हुने खेलका लागि रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय इन्डिज टिम आज काठमाडौँ आइपुगेको हो।

दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको यो पहिलो नेपाल भ्रमण हो।

वेस्ट इन्डिज र नेपालबीचको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ अर्थात् वैशाख १५ मा शनिवार हुनेछ भने दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ।