images
images

कतारी अमिरको ट्वीट : नेपाली इतिहास जान्ने अवसर मिल्यो, राष्ट्राध्यक्ष र जनतालाई धन्यवाद

काठमाडौँ : नेपालको दुई दिने औपचारिक भ्रमण सकेर फर्किएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आर्थिक सम्बन्ध र द्धिपक्षीय सहयोगका बारेमा नेपाल भ्रमण फलदायी रहेको बताएका छन्।

उनले नेपालको इतिहासका विषयमा समेत जान्ने अवसर मिलेको र उक्त अवसर प्रदान गरेकामा नेपालका राष्ट्राध्यक्ष, प्रधानमन्त्री र नेपाली जनतालाई धन्यवाद दिएका छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाउँदै गरेको तस्वीर राखेर उक्त धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, ‘मित्र राष्ट्रको मेरो पहिलो भ्रमणमा आतिथ्यताको लागि नेपाल, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनतालाई धन्यवाद, जसले गर्दा मलाई यसको पुरानो इतिहासका बारेमा केही जान्ने अवसर मिल्यो। आर्थिक सम्बन्ध र द्विपक्षीय सहयोगलाई वाञ्छितस्तरमा पुर्‍याउने विभिन्न साझेदारीका साथै तिनीहरूलाई सुदृढ गर्ने विषयमा छलफल भयो।’