images
images

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

काठमाडौं- जिल्ला अदालत, रौतहटले नेपाली कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम विस्फोट भएको थियो।

आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए।

त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।