images
images

किरात धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा सावाले मतदान गरेका छन्। माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गरेका हुन्। गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन, मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन, ममिला लिङ्देनले समेत मतदान गरेका छन्।