images
images

इलाममा नक्कली मतदानमा सम्लग्न ४ जना नियन्त्रणमा

काठमाडौं । इलाम २ मा भइरहेको उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान भएको छ। जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान भएकाे हाे ।

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रभित्र नै नक्कली मतपत्र तयार गरी मतदान  गराएको पाइएको प्रहरीले जनाएको छ। मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको प्रहरीले जनाएको छ।

सो कार्यमा संलग्न ४ जना महिला र त्यो समूहले प्रयोग गरेका सामग्री प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।