images
images

रन्जिताको हातबाट जुस खाँदै रेशमले भने : लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नो पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

शनिबार दिउँसो नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित पार्टीका नेताहरूसँगको फोटो फेसबुकमा राख्दै संरक्षक चौधरीले छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । उनले लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’

लुम्बिनीमा नाउपाका चार र सुदूरपश्चिममा सातजना प्रदेश सांसद छन्।

एक साताअघि मात्र रेशमले रन्जितासँग लामो समयदेखि संवाद नभएको भन्दै उनी अरुबाटै परिचालित भइरहेको बताएका थिए।