images
images

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि पेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

इलाम निर्वाचन क्षेत्र –२ मा हाल सम्ममा ४२ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको इलाममा केही बेर अघि सम्ममा आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको छ। । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बिहान भन्दा दिउसो मतदान गर्नेको संख्या बढदै गएको जानकारी दिए ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको स्थानीय प्रसाशनले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको जानकारी दिए । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।