images
images

इलाम-२ को मतगणना आइतबार बिहानदेखि

इलाम- शनिबार मतदान सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ मा आइतबार बिहानदेखि मतगणना सुरु हुने भएको छ।

एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

सबै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गरी सदरमुकाम इलाम बजार ल्याइसकेकाले आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने शनिबार रातिको सर्वदलीय बैठकले तय गरेको निर्वाचन अधिकृत केशवकुमार घिमिरेले  बताए।