images
images

विदेशी लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्रीले भने–नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री पुनले विदेशी लगानीकर्तालाई स्वागत गर्दै नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका हुन् ।

अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको बताए । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार गरेको समेत बताए । सरकारको यो कदम लगानीकर्ताको मनोबल सुधार गर्नका लागि पर्याप्त हुने समेत बताए ।
यसबाहेक नेपालमा रहेको उल्लेख्य सम्भावनालाई निजी क्षेत्र र सरकार मिलेर सदुपयोग गर्नुपर्ने र यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई स्वागत गर्ने उनको भनाई छ । सरकारले यसअघि २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।