images
images

इलाम–२ मा मतगणना सुरू

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा हिजो शनिबार सम्पन्न उपनिर्वाचनको मतगणाना सुरू भएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा आज मध्याह्न १२ बजेपछि मतगणना सुरू गरिएको हो ।

निर्वाचन क्षेत्रअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नं. १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू गरिएको छ । उक्त वडामा यसअघि भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ८०४ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका थिए भने निकटतम प्रतिस्पर्धी बनेको एमालेका उम्मेदवारले ४७७ मत ल्याएका थिए ।

शनिबार सम्पन्न निर्वाचनमा फाफोकथुम गाउँपालिकामा मात्रै २४ वटा मतदान केन्द्र थिए भने १६ हजार ३०३ जना मतदातामध्ये ९ हजार ६०४ मत खसेको छ ।

इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका छन् । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।