बझाङ: एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता, भण्डारीभन्दा सिंह २६४ मतले अगाडि

काठमाडौं- बझाङ प्रदेश १ को उपनिर्वाचनको जारी मतगणनामा आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेले सोमबार बिहानबाट भने पछि परेको छ।

सोमबार बिहानको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २६४ मतले पछि पारेका हुन्।

कांग्रेसका सिंहले ७ हजार ४९२ मत प्राप्त गरेका छन् भने एमालेका भण्डारीले ७ हजार २२८ मत प्राप्त गरेका छन्।

माओवादीका उम्मेदवार जनक बुढा २ हजार ८९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार १०२ मतसहित चौंथो स्थानमा छन्।

यता, हलो र खुकुरीले क्रमश: १८१ र २३ मत ल्याएका छन्।