डकेन्द्रको मत बढ्दै, साढे २७ हजार मत गन्दा कसको कति भोट ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।

यसअघि दोस्रो स्थानमा रहेको कांग्रेससँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसलाई साँघुरो मतान्तर बनाउँदै पछ्याइरहेका हुन् । 
कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् ।  यस्तै शीर्ष स्थानमा रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने ११ हजार ७८ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।