images
images
images

‘माइतीघर’का नायक सिपी लोहनीको निधन

कलाकार सिपी लोहनीको निधन भएको छ।

उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र निमोनियाबाट ग्रसित थिए।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।