सुहाङलाई झन् फराकिलो अग्रता, ६ हजार ६२८ मतले अघि

इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ५१ हजार ४०४ सदर मत गनिसकिएको हो ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ६ हजार ६२८ मतले अघि रहेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ३८० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ९५५ मत ल्याएका छन् ।
चौथो स्थानमा रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ६०३ मत ल्याएका छन् ।