images
images

लामिछाने भन्छन् : जित्न सकिएन, सिक्न सकियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले इलाम-२ विजयी हासिल गरेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई ज्ञापन गरेको छ।

उनले आफ्नो उम्मेदवारलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी रहेको बताएका छन्।

‘रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद।

जित्न सकिएन, सिक्न सकियो।

त्यसैले कुनै इफ ,बट को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ’, उनले फेसबुकमा लेखेका छन्।