images
images

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैनः ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्। इलाम- २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण गर्दा केही पनि नब्रिगिएको बताउँदै साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिरिने दोहोर्‍याए। उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको औँल्याए।

‘विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको हो। त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण छैन। समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागिपरेको छ,’ उनले भने।

अध्यक्ष ओलीले अनेकौँ भ्रमपूर्ण कुराहरूलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे ।