images
images

जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट पाए सफाइ

काठमाडाैं । जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरु डा प्रदिप ढकाल, डा मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पशुपतिको जलहरी निर्माण र प्रतिस्थापनमा अनियमितता भएको दाबीसहित तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो ।

जलहरीमा एक हजार ४ सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो ।