images
images

वैशाख २५ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।

सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ ।

हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको छ । आजको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण नियुक्ती गर्ने बताइएको छ ।