प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं- नेपाल महासंघको २७औं अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन्।

अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्। यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ।

महासंघको २७औं अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो।

प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो।

प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संघठन नेपाललगायत संघसंघठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।