रास्वपाले इलाम उपचुनावको समीक्षा गर्दै

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाको) सचिवालय बैठक बस्दैछ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीति र इलाम उपचुनावबारे समीक्षा हुने पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

बैठक दिउँसो ४ बजेपछि बस्ने तय भएको छ। बैशाख १५ गते भएको उपचुनावमा रास्वपा उम्मेद्वार मिलन लिम्बुको जमानत जफत भएको छ।