images

ग्लोबल आईएमईको वातावरणमैत्री पहल : तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।

यसै सन्दर्भमा बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरूमा विस्तार हुनेछ ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको ३५४ वटा शाखा कार्यालय, ३७९ वटा एटीएम, २७७ वटा शाखारहित बैंकिङ्ग सेवा, ६८ वटा एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।