सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको  हो ।

अर्थ मन्त्रालयले लगेको प्रस्तावअनुसार सरकारले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भारत अधीनस्थ रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर सरकारले बनाएको चुच्चे नक्सालाई विसं २०७७ सालमा संघीय संसद्‌ले अनुमोदन गरेको थियो ।