images
images

०८४ मा देशमा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौं: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।

शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो। उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा.मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए।

उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए।

उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए।

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पनि पार्टीले निकालेको छ।

उनले भने, ‘आजको बैठकमा हामीले निर्वाचनको बारेमा समीक्षा गरेका छाैं। इलामका जनताले घण्टी नबजाइकन बजाएको जुन सांकेतिक घण्टीको आवाज सुन्नका लागि हामी तलसम्म जाँदैछाैं। ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरूका बारेमा पार्टीगत रूपमा कहाँ कसरी कमजोरी गरेका छौं, विस्तृत छलफल गर्नेछाैं। पार्टीकाे संगठनको आकार, मोडल, पार्टीले लिनुपर्ने धारणाको बारेमा समग्र समीक्षा गर्न पार्टीले मलाई महामन्त्रीको रूपमा सम्पूर्ण पार्टी सदस्यहरूको भावना, सुझाव बुझ्नका लागि आगामी जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको छ।’

‘सरकारको पर्फमेन्स बढाउन पार्टीका साथीहरुको टिम बनाइएको छ, त्यो टिम कन्फर्म गर्ने,सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने छौ,’ उनले भने।  यस्तै, मन्त्रालयसँग पार्टीको सम्बन्धलाई मजबुत बनाउने निर्णय भएको उनले बताए।

पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गरिएको उनको भनाइ छ।