images
images

रास्वपालक्षित शंकर पोख्रेलको अभिव्यक्ति- पपुलिजम स्वीकार्य छैन भन्ने उदाहरण इलामले दियो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पपुलिजम स्वीकार्य छैन भन्ने प्रमाण इलामी जनताले दिएको बताएका छन्।

नेकपा एमाले प्युठान-काठमाडौं सम्पर्क मञ्चको १२ सम्मेलन तथा ‘रातो फूलबारी’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले बताएका हुन्।

यही वैशाख १५ गते इलाम-२ मा सम्पन्न प्रतिनिधिसभाको उप निर्वाचनलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

उक्त निर्वाचनमा इलाम-२ मा रास्वपाका मिलन लिम्बू उम्मेदवार थिए। त्यहाँ एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भारी मतले विजयी भएका हुन्।

यसका साथै उनले इलामले जातिवाद स्वीकार्य छैन भन्ने कुरा समेत प्रमाणित गरेको अभिव्यक्ति दिएका छन्।

उनले वर्तमान सत्ता समीकरणले देशलाई चमत्कार दिने नभएर मुलुकलाई अधोगतितर्फ जानबाट बचाउने बताएका छन्।