images
images

२३ अर्बको आन्तरिक ऋणपत्र नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

२८ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । वैशाख २५ गते जारी हुन लागेको ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो जेठ २२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ९ अर्ब रुपैयाँको ट्रेजरी बिल कात्तिक २० गते परिपक्व हुनेछ ।

१ वर्षको लागि ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८२ वैशाख २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा (एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । व्यक्तिले ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।