images
images

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक जारी छ । काठमाडौंको बानेश्वरस्थित संसद्को शंकर हलमा बैठक बसिरहेको छ ।

बैठकमा यही वैशाख २८ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनबारे छलफल हुने उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

आइतबार मात्रै सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । एकीकृत समाजवादीको विभाजनको चर्चा समेत हुन थालेको छ । सोही अवस्थामा बैठक बसेको हो ।