images
images

प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकलले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट पाउने भएका छन् ।

आफ्ना ग्राहकलाई स्वास्थ्योपचारमा छुट सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले ललितपुर महानगरपालिका–१, महालक्ष्मीस्थानमा अवस्थितसो अस्पतालसँग सम्झौता समेत गरेको छ ।

सम्झौतामा अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोट र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा (ओपीडी) टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अस्पतालले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको अस्पतालले जनाएको छ ।