images
images

निर्वाचन आयोगले दियो राई नेतृत्वको जसपालाई दलको मान्यता

काठमाडौँ – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई दलको मान्यता दिएको छ।

उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वमा ७ जना सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका थिए।

आयोगले सोमबार उक्त दललाई मान्यता दिएको हो। उपेन्द्र यादवको साथ छाडेका सांसदहरुमा अशोक राई,नवलकिशोर साह, प्रदीप यादव, रञ्जुकुमारी झा, वीरेन्द्र महतो, सुशिला श्रेष्ठ, हसिना खान छन्।

यादव नेतृत्वको जसपामा संघीय संसद प्रतिनिधिसभामा १२ सांसद थिए। अध्यक्ष यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा स्वाथ्यमन्त्री छन्। उनी विदेश भ्रमणमा रहेकै बेला जसपा विभाजित भएको हो। यादव आजै राति नेपाल आइपुग्ने बताइएको छ।