images
images

‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा

काठमाठौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो महत्वाकांक्षी फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा गरेका छन् । सोमवार साँझ सामाजिक सञ्जालमार्फत निर्देशक सुवेदीले आगामी साउन ४ गते अर्थात जुलाई १९ का दिन आफ्नो फिल्म प्रदर्शनमा आउने घोषणा गरेका हुन् ।

छायांकनको क्रमदेखि नै चर्चामा रहेको यो फिल्मलाई मोफसलमा एफडी कम्पनी तथा काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गर्ने निश्चित भैसकेको छ ।

यसअघि सोमवार बिहानै एफडी कम्पनी तथा रिच इन्टरटेन्मेन्टसंगै यो फिल्मको निर्माण संस्था दिलासा कृएसन प्रालिले वितरणको सम्झौता गरेको थियो ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा
मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजीता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् ।

काठमाडौं, लमजुङ, तनहुँ तथा कास्कीका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो फिल्मले नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र तथा अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएकी थिइन् । सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा पनि निर्देशक सुवेदीले शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा फिल्मले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो ।