एनआई सी एशिया बैंकद्वारा विशेष कार्यक्रम आयोजना गरेर राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं–  वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ।

एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो। सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए।

नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ। फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो।

यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ।