images
images

सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौं- प्रतिनिधिसभामा निर्वाचित सुहाङ नेम्वाङले बुधबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्। सभामुख देवराज घिमिरेले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएकाे थियाे।

गत वैशाख १५ गते सम्पन्न भएकाे इलाम- २ काे उपनिर्वाचनमा नेम्वाङ नेकपा एमालेबाट सांसदमा निर्वाचित भएका हुन्।

इलाम २ बाट निर्वाचित सुवास नेम्वाङकाे निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। सुहाङ सुवासका छाेरा हुन्।

सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै विजयी भएका थिए।

उनले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका थिए।