images
images

प्रदेश प्रमुखसँग छलफलमा जुटे माओवादी-एमाले

विराटनगर : कोशी प्रदेश सरकार गठनको सन्दर्भमा विपक्षी दलका नेताहरू प्रदेश प्रमुखसँग छलफलमा जुटेका छन्।

विराटनगरस्थित होटल बिगमा बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यलगायत आवश्यक छलफल एवं परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका हुन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि नयाँ सरकार गठनका सन्दर्भमा एमाले–माओवादीको संयुक्त बैठक बसेको थियो।

यता, मन्त्रिपरिषदको समेत बठैक सुरु भएको छ।  यता,  मुख्यमन्त्रीकै नेतृत्वमा सरकार चल्ने प्रदेश सरकारका प्रवक्ता  एवं आन्तरिक मामिला तथा कानुनमन्त्री  शंसेर राईको दाबी छ। मन्त्रिपरिषदको बैठकले सरकार परिवर्तनको विषयमा कुरा नभएको तर प्री-बजेट छलफलको लागि सदनमा जेठ ११ गते आव्हान गर्ने निर्णय गरेको जानकारी दिए।